मेरो माइक्रोफाइनान्स र सिडिएस एण्ड क्लियिरङ्ग लिमिटेड बीच धितोपत्र अभौतिकीकरणका लागि दर्ताको सम्झौता

Post Date : June 23, 2016 | 5:34 pm

काठमाडौं । मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको चुक्ता मूल्य रू.१००।– का दरले ६,१२,००० कित्ता सर्वसाधारण शेयर र १३,८८,००० कित्ता संस्थापक शेयर गरी जम्मा २०,००,००० कित्ता धितोपत्र नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भए पश्चात् अभौतिक रूपमा राफसाफ तथा फछ्र्यौट गर्न सक्ने गरी मेरो माइक्रोफाइनान्स र सिडिएस एण्ड क्लियिरङ्ग लिमिटेड बीच धितोपत्र अभौतिकीकरणका लागि दर्ताको सम्झौता सम्पन्न भएको छ ।

सम्झौता भएपश्चात् सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मेरो माइक्रोफाइनान्सको सर्वसाधारण शेयरका लागि अन्तर्राष्ट्रिय स्तरको परिचय अंक International Securities Identification Number (ISIN) NPE280A00005 र संस्थापक शेयरका लागि NPE280A40001 समेत प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *