मेवाखोलाको परीक्षण प्रसारण

Post Date : November 30, 2016 | 3:59 pm

खोटाङ, १५ मङ्सिर । एक मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनाको परीक्षण प्रसारण सुरु गरिएको छ ।

दिक्तेल नगरपालिका– १० स्थित मेवाखोलाबाट समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको ६० र बैंक अफ काठमाडौँको ४० प्रतिशत गरी करिब रु २२ करोडको लागतमा सो आयोजना सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिनुभयो ।

विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङवासी मेवाखोला सञ्चालनमा आएपछि हर्षित बनेका छन् । जिल्लामा हाल २ दशमलव ५ मेगावाट विद्युत् खपत भइरहेको छ । विसं २०७१ देखि मेवाखोलाको काम सुरु गरिएको थियो । आयोजना प्रमुख ललितकुमार राईका अनुसार मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको सव स्टेसनमा जोेडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *