‘मेहनत गरे स्वदेशमै पनि कमाउन सकिन्छ’

Post Date : November 7, 2016 | 4:33 pm

पोखरा, २२ कात्तिक । मेहनत गरे स्वदेशमै पनि कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले गर्नु भएको गाईपालन व्यवसाय नै एक उदाहरण बनेको छ । उहाँले दूध बेचेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ ।

‘खैरेनी कृषि फार्म’ दर्ता गरी विगत सात वर्षदेखि यस व्यवसायमा लाग्नुभएका पौडेलले दैनिक ११० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।

उत्पादन गरेको दूध पोखराको सुजन डेरीले खरिद गर्ने गरेको छ । उहाँले अहिले १३ वटा उन्नत जातका गाई पाल्नुभएको छ । यस व्यवसायमा उहाँका दम्पति दिनरात खट्छन् ।

गाईपालन व्यवसायबाटै उहाँले थप जमिन पनि किन्नाका साथै रु २० लाख खर्चेर नयाँ पक्की घरसमेत बनाउनुभएको छ ।

“सबै विदेश गएर पैसा कमाउने गरेका छन् तपाईं किन जानु भएन नि” भनी सोध्दा आफ्नै देशमा मेहनत गरेर प्रशस्त कमाउन सकिँदोरहेछ किन विदेश जानुप¥यो भन्ने उहाँको जवाफ थियो ।

“एकपटक भर्ती हुन्छु भनेर भारतको गोरखपुर गएको थिएँ, बाबुआमा बिरामी भएको खबर सुनेपछि तुरुन्तै फर्केर आएँ, त्यसपछि विदेश जाने सोच कहिल्यै गरिनँ” – उहाँको भनाइ थियो ।

त्यही व्यवसायबाट तीन वटा छोरालाई निजी विद्यालयमा पढाएका उहाँका ठूलो छोराले स्नातकोत्तर, अर्कोेले बिएस्सी र कान्छो छोरो ९ कक्षामा पढ्दै छ ।

कास्कीको सिल्दुजुरे गाउँमा जन्मुनभएका पौडेल आपूm मुख र मुठी मात्र लिएर यो ठाउँमा आएको र छोटै समयमा यत्तिको प्रगति गर्न पाएकामा सन्तुष्ट भएको बताउनुहुन्छ । उहाँले अहिले घाँसका लागि १२ रोपनी जमिन भाडामा पनि लिनुभएको छ ।

सबै छोरालाई स्नातकोत्तरसम्मको उच्च शिक्षा दिने र उनीहरु सरकारी जागिरमा लागेर आत्मनिर्भर नबनेसम्म आपूm यस पेसामा निरन्तर लाग्ने उहाँको अठोट छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *