मोरङको डाँगीहाटमा त्रिवेणी विकास बैंक

Post Date : March 6, 2017 | 2:17 pm

काठमाडौँ, २३ फागुन । त्रिवेणी विकास बैंकले मोरङको डाँगीहाटमा २८ औँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष लंकबहादुर के.सी.ले गर्नु भएको छ । बैंकको २८ शाखा, १ एक्सटेन्सन काउण्टर र २ सीमित बैंकिङ इकाई संचालनमा छन् ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पुस मसान्तसम्म ९ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन र ८ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरी ११ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

त्रिवेणी विकास बैंकलाई जनता बैंकमा गाभिनको लागि नेपाल राष्ट्र बैंकले २०७३ पुस ११ गते सैद्धान्तिक सहमति दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *