मौद्रिक नीतिबारे प्रेस भेटघाट

Post Date : July 17, 2016 | 4:04 pm

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकबाट हालै जारी मौद्रिक नीतिबारे नेपाल बैंकर्स एसोसियसनले पत्रकार घेटघाट कार्यक्रम होटल अन्नपूर्णमा आज आयोजना गरेको छ । उक्त कार्यक्रममा नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष उपेन्द्र पौडेलले वित्तीय स्थीरता, मुद्रास्फिती, कृषि क्षेत्रमा लगानी, इन्धन, ब्याजदर, सफ्ट लोन ब्याज, सिआरआर, सिसिडि, उत्पादनशील कर्जा, विपन्न वर्ग कर्जा आदिबारेमा एसोसियसनको धारणा राख्नु भएको थियो । उक्त कार्यक्रममा पत्रकारहरूको प्रश्नको जवाफसमेत वहाँले दिनु भएको थियो ।

श्री पौडेलले सरकारको आर्थिक लक्ष पूरा गर्न र वित्तीय स्थीरतालाई कायम गर्न मौद्रिक नीति आएको बताउनु भयो । बजेटमा मुद्रास्फिती ७.५ प्रतिशत उल्लेख गरिएको छ, तर उल्लेख गरिए अनुसारको मुद्रास्फितीलाई विभिन्न क्षेत्रले प्रभाव पार्ने कुरा समेत वहाँले बताउनु भयो । जस्तो कृषि क्षेत्रमा मनसुनको गडबडीले हुने प्रभाव, इन्धनको आयातमा हुने मूल्य वृद्धि यावत कुराले मुद्रास्फितीलाई प्रभाव पार्ने कुरा समेत वहाँले उदाहरण दिनु भयो । वहाँले सिमेन्ट उद्योगलाई प्रडक्टिभ सेक्टरमा नराखेको नेपाल राष्ट्र बैंकप्रति गुनासो समेत व्यक्त गर्नु भएको थियो ।

५ प्रतिशत विपन्न बर्ग कर्जा लगानीको प्रावधान अनुसार ७५ अर्ब लगानी गरेको र अब २ प्रतिशत प्रत्यक्ष लगानी गर्नु परेमा लघुवित्तबाट ३० अर्ब रुपैयाँ फिर्ता माग्नु पर्ने अवस्था आउने बैंकर शसिन जोशीले बताउनु भयो । बैंकर राजनसिंह भण्डारीको बाणिज्य बैकहरुले लघुवित्तका क्षेत्रमा लगानी गरे लघुवित्तहरुले के गर्ने भन्दै लघुवित्त सामाजिक काम भएकोले बैंकहरुले त्यस्तो काम गर्न सम्भव नहुने बताउनु भयो ।

(कार्यक्रमको अडियो सुन्नको लागि तल प्ले बटन थिच्नुहोस् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *