मौरीको अनुसन्धान तथा प्रबद्र्धनका लागि महत्वपूर्ण सम्झौता

Post Date : December 18, 2016 | 12:07 pm

काठमाडौँ, १ पुस । इजराएड र कृषि तथा वन विश्वविद्यालय, रामपुरबीच स्थानीय जातका मौरीहरुको अनुसन्धान र प्रवर्द्धन गर्न दुइपक्षीय सम्झौता भएको छ । शुक्रबार इजराएडको कार्यालय वालुवाटारमा इजराएडका प्रमुख बेन दगानी तथा विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकाल र मौरी विज्ञ प्रा. डा. खेमराज न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपालका स्थानीय जातका मौरीहरु एपिस सेरेना र खिलरहित पुत्का मौरी बारे अध्ययन अनुसन्धान गरी स्थानीय जनतालाई लाभान्वित गर्ने उक्त सम्झौताको उद्देश्य रहेको छ । उक्त कार्यक्रमको सफलता पछि गाँउ घरमै प्रशस्तै रोजगारीका अवसरहरु सृजना हुने छन् । यसले कुपोषणबाट मुक्ती दिलाउने छ, खाद्य सुरक्षाको प्रत्याभुति हुनेछ भने प्रभावकारी परागसेचन मार्फत बोटविरुवाको उत्पादन र गुणस्तरमा पनि बृद्धि हुनेछ ।

स्थानीय जातको मौरी पालन बढ्दै जाँदा जैविक विबिधताको संरक्षण एंव वातावरणीय शुद्धता कायम रहनेछ । विश्वविद्यालयमा मौरी पालन सम्बन्धित तीन ओटा विषयहरुको अध्ययन सुरु भएको छ, जति सक्दो चाँडो मौरी विज्ञान विभागको स्थापना गरी मौरी अनुसन्धान तथा विकासका लागि मौरी विज्ञानसम्बन्धी विज्ञको उत्पादन गर्नु अपरिहार्य छ ।

उक्त कार्यक्रममा इजारायली राजदुत यान मायर, समाजकल्याण परिषदका मदस्य सचिव दिल्ली भट्ट लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *