म्याक्स मनी र सिटी एक्सप्रेस मनी बीच सक्झौता

Post Date : November 25, 2016 | 3:11 pm

काठमाडौँ, १० मङ्सिर । सिटी एक्सप्रेस मनी ट्रान्सफर र म्याक्स मनी मलेसिया बीच रकम आदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौतापश्चात म्याक्स मनी मलेसियाबाट पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका कुनै पनि काउन्टरबाट प्राप्त गर्न सकिने भएको छ ।

म्याक्स मनी मलेसिया विगत ३० बर्षदेखि संचालनमा रहेको छ । बैंक नेगारा मलेसिया ( केन्द्रीय बैंक) को अनुमतिमा मनी सर्भिस बिजनेस अन्तर्गत म्याक्स मनीले मुद्रा सटही, रकम ट्रान्सफर, मनी एक्सचेञ्ज एजेन्ट आदिको काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *