म्याजिक चप्पल कारखानामा आगलागी

Post Date : March 17, 2017 | 9:23 am

विराटनगर, ४ चैत । मोरङको टङ्कीसिनुवारीस्थित ‘म्याजिक चप्पल’ कारखानामा आज बिहान ४ बजे आगलागी भएको छ ।

विराटनगर उपमहानगरपालिकासँग जोडिएको टङ्कीसिनुवारीस्थित सो उद्योगमा आगलागी नियन्त्रणका लागि दमकल, स्थानीय प्रहरी र मजदुर जुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगलागी बिहान ७ः१५ बजेसम्म पनि पूर्णरुपमा नियन्त्रणमा नआएको बताइएको छ । आगलागीको कारण पनि अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त आगलागीमा लाखौँ मूल्य बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *