यति डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन सम्झौता

Post Date : September 6, 2016 | 5:13 pm

काठमाडौं, २१ भदौ । यति डेभलपमेन्ट बैंक लिमिटेड, दरवारमार्ग, काठमाडौंको १४औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे लागि २ कित्ता शेयर बराबर १ कित्ता अर्थात चुक्तापूँजीको ५०% ले हुने रु.६,९३१,१६६.७२/- कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि यति डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एन.सि.एम मर्चेण्ट बैंकिङ्ग लमिटेडको तर्फबाट प्रबन्ध संचालक बिजयलाल श्रेष्ठका बीच यति डेभलपमेन्ट बैंक लमिटेड दरवारमार्ग, काठमाडौंमा हकप्रद शेयर निष्काशन गर्ने सम्झौता गरेको छ ।

हकप्रद शेयर निष्काशन पश्चात डेभलपमेन्ट बैंकको जारी तथा चुक्ता पूँजी रु.२,०७,९३,५०,०१६/- कायम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *