यतीले चालु आ.व.को प्रथम त्रैमासिकमा ६ करोड ६२ लाख मुनाफा गर्न सफल

Post Date : October 28, 2016 | 2:09 pm

काठमाडौँ, १२ कात्तिक । विभिन्न २५ वटा शाखा तथा २० वटा एटिएमसहित ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको यती डेभलपमेन्ट बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण अनुसार बैंकले आफ्नो नाफालाई उल्लेख्य रुपमा वृद्धि गरी रु ६ करोड ६२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले रु १ करोड ३२ लाख खुद मुनाफा गरेको थियो ।

गत आ.व.मा बैंकको रु ३४ करोड ७८ लाख को ऋणात्मक जगेडाकोष रहेकोमा यस आ.व.को सोही अवधिमा बैंकले रु ११ करोड ५२ लाख धनात्मक जगेडाकोष कायम गरेको छ । नाफाको वृद्धि सँगसँगै बैंकले निक्षेप र कर्जामा पनि उल्लेख्य वृद्धि गरी निक्षेप रु १० अर्ब ८२ करोड तथा कर्जा रु ९ अर्ब १२ करोड पुरयाउन सफल भएको छ ।

गत आ.व.को ८.०२ प्रतिशत खराब कर्जालाई यस आ.व.मा ४.२९ प्रतिशतमा झार्न सफल भएको यती बैंकले खुद ब्याज आम्दानीमा पनि ११६ दशमलब ९८ प्रतिशत वृद्धि गरी रु ११ करोड ७६ लाख खुद ब्याज आम्दानी गरेको छ ।

सेफ्टी सेभिङ्ग, ट्याक्स फ्रि फिक्स्ड डिपोजिट, रेमिटेन्स फिक्स्ड डिपोजिट, जेष्ठ नागरिक, नारी बचत जस्ता खाताहरुमा ६ देखि ८.५० प्रतिशतसम्मको आकर्षक ब्याज दर सहितको निक्षेप योजनाहरु तथा ९.९९ प्रतिशतदेखि १२ प्रतिशतसम्मको आकर्षक घर कर्जा, जग्गा कर्जा, गाडी कर्जा, शेयर कर्जा, व्यक्तिगत कर्जा, व्यापारिक कर्जा जस्ता विभिन्न कर्जा योजनाहरु प्रस्तुत गरेको छ ।

बैंकले २ः१ प्रतिशतका दरले हकप्रद शेयर निष्काशनको लागि एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्ति गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *