यती डेभलपमेण्ट बैंकको ब्राण्ड एम्बेसडरमा महेश्वर महर्जन

Post Date : September 22, 2016 | 11:15 am

काठमाडौं, ६ असोज । शरीरिक सुगठनको ५० औं एसियन च्याम्पियनसिपमा स्वर्णपदक विजेता महेश्वर महर्जनलाई यती डेभलपमेण्ट बैंकले ब्राण्ड एम्बेसडरको रुपमा २ बर्षको लागि अनुबन्धित गरेको छ ।

भुटानमा भएको प्रतियोगिता अन्तर्गत ७५ के.जी. तौल समूहमा महर्जनले १० देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम स्थान हासिल गरेका थिए ।

खेलाडीको उच्च कदर गर्दै खेलाडीको मनोबल वृद्धि गर्ने उद्देश्यले बैंकले वहाँलाई ब्राण्ड एम्बेसडरको रुपमा चयन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *