यती डेभलपमेण्ट बैंकद्वारा बालिकालाई सहयोग

Post Date : January 26, 2017 | 2:14 pm

काठमाडौँ, १३ माघ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आइरहेको यती डेभलपमेण्ट बैंकले यस पटक थालेसीमीया रोगबाट ग्रसित बालिका सरिता माझीलाई उपचारको लागि रु ३५०००/– सहयोग गरेको छ । बैंकको महाराजगंज शाखाकी शाखा प्रमुख दिभा राणाले कान्ति बाल अस्पतालमा गई उक्त चेक बालिकालाई हस्तान्तरण गर्नुभयो । हरेक दुई तीन हप्तामा शरीरको सम्पूर्ण रगत फेर्नु पर्ने यस रोगको उपचार खर्च अत्यन्त महंगो मानिन्छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण परीवारले समेत उनलाई छोडेर गएको बालिकाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *