यती डेभलपमेण्ट बैंक आस्बा प्रणालीमा

Post Date : January 11, 2017 | 3:40 pm

काठमाडौँ, २७ पुस । लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्न चाहेको रकम आफ्नो खाता रहेको बैंकमा रोक्का राख्न सक्ने गरी लगानीकर्ताबाट दरखास्त फारम संकलन सम्बन्धी कार्य गर्नको लागि यती डेभलपमेण्ट बैंकले धितो पत्र बोर्डबाट आस्बा प्रणाली (Application Supported By Blocked Amount) को अनुमति प्राप्त गरेको छ ।

२०७३ माघबाट लागु हुने यस प्रणालीमा लगानीकर्ताले धितोपत्र बोर्डले तोकेको ढाँचामा विद्युतीय रुपमा धितोपत्र खरिदका लागि आवेदन दिनुपर्ने छ । धितोपत्र बाँडफाँड पश्चात धितोपत्र पाउने लगानीकर्ताले आफ्नो खाताबाट धितोपत्र निष्काशन कम्पनीको खातामा आफूलाई प्राप्त धितो पत्रको रकम भुक्तान गर्नु पर्नेछ र बाँकी रहेको रोक्का रकम फुकुवा हुने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *