यती डेभलपमेन्ट बैंकको आँखा शिविर

Post Date : November 13, 2016 | 7:21 pm

काठमाडौँ, २८ कात्तिक । यती डेभलपमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको आफ्नै शाखाको प्राङ्गणमा सामुदायिक आँखा केन्द्रको सहकार्यमा २०७३ कात्तिक २७ गते शनिवार आँखा शिविर संचालन गरेको छ । उक्त शिविरमा भक्तपुर, चाँगुनारायण र नगरकोटका करीब ३०० जनाले आँखा जाँच गराएका थिए ।

शिविरमा आँखा जाँच गराएका मध्ये १२ जना वृद्ध/वृद्धाहरुको मोतीविन्दुको शल्यक्रिया गर्नु पर्ने देखिएकोले वहाँहरुलाई तिल गंगा आँखा अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासमेत बैंकले मिलाएको छ । हरेक महिना कुनै न कुनै सामाजिक कार्यहरुमा सहभागिता जनाउँदै आएको बैंकले सामाजिक कार्यहरुमा निरन्तर सहयोग गर्दै जाने प्रतिवद्धता पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *