यती बैंकको वित्तीय साक्षरता अभियान “जोडौं एक नाता खोली बैंकमा खाता”

Post Date : March 22, 2017 | 8:51 am

काठमाडौँ, ९ चैत । यती डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभियानलाई निरन्तरता दिँदै जाने क्रममा बैंकको काठमाडौँ तथा काठमाडौँ बाहिरका शाखाहरुको ग्रामिण क्षेत्रहरुमा बैंकिङ्ग र बचतको महत्व बारे जानकारी गराउने उद्देश्यले “जोडौं एक नाता खोली बैंकमा खाता” को नारा सहित विभिन्न चेतनामूलक कार्यक्रम तथा वित्तीय साक्षरताको कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्न गइरहेको कुरा विज्ञप्तीमार्फत जनाइएको छ ।

ग्रामिण क्षेत्रका विभिन्न महिला समूह, सरकारी विद्यालय तथा शिक्षाको पहुँच कम भएका क्षेत्रहरुलाई प्राथमिकतामा राखी कार्यक्रम संचालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले बताउनु भयो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु जस्तै स्वास्थ्य परीक्षण, नारी सम्मान, बालबालिकाहरुलाई पाठ्यसामाग्रीहरु वितरण, रक्तदान जस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको जानकारी विज्ञप्तीमार्फत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *