यती बैंकको संस्थापक सेयर स्वामित्वमा परिवर्तन

Post Date : January 5, 2017 | 6:11 pm

काठमाडौँ, २१ पुस । यती डेभलपमेण्ट बैंकको चौधौँ बार्षिक साधारण सभाबाट पारीत संस्थापक सेयर स्वामित्व परिवर्तन सम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस क्लियरिङ्गले स्वीकृति प्रदान गरेको छ । बैंकको संस्थापक समूहको सेयर स्वामित्व अनुपात ६८.३१ तथा सर्वसाधारण समूहको ३१.६९ रहेकोमा सेयर स्वामित्व परीवर्तन पश्चात संस्थापक समूहको सेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयर अनुपात ४९ प्रतिशत कायम भएको छ ।

साथै बैंकको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात विद्यमान दुई कित्ता सेयर बराबर एक कित्ता सेयर (२ः१) का दरले जारी हुने हकप्रद सेयर निष्काशन प्रक्रिया अन्तिम चरणमा रहेको समेत बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *