यती बैंकको सरसफाई कार्यक्रम

Post Date : September 25, 2016 | 6:24 pm

काठमाडौं, ९ असोज । यती डेभलपमेण्ट बैंकको न्यूरोड शाखाले नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरी दलाछी परिवार क्लबको सहकार्यमा काठमाडौं न.पा. वडा नं २१ करुणमय मार्ग दलाछीमा मिति २०७३ असोज ८ गते शनिबार टोल सरसफाई कार्यक्रम आयोजना गरयो ।

कार्यक्रममा माननीय सभासद ध्यान गोविन्द रञ्जितले सामाजिक कार्यमा यती डेभलपमेण्ट बैंकले देखाएको सद्भाव र सहकार्यको लागि बैंकलाई धन्यवाद दिनुभएको थियो । टोल सरसफाई कार्यक्रममा व्यापक स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो । यति डेभलपमेन्ट बैंकको “संस्थागत सामाजिक दायित्व अन्तरर्गत सरसफाई कार्यक्रम” भन्ने नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका न्यूरोड शाखा प्रमुख हरेकृष्ण वाग्लेले सामाजिक हितका लागि हुने कार्यमा निरन्तर बैंकको सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *