यती बैंकको ASBA बचत योजना

Post Date : February 2, 2017 | 5:36 pm

काठमाडौँ, २० माघ । यती डेभलपमेण्ट बैंकले २०७३ माघ १४ गतेदेखि लागू हुने गरी निक्षेपकर्ताहरुको लागि आकर्षक ब्याज सहितको यतीयती बैंकको ASBA बचत योजना बचत योजना संचालनमा ल्याएको छ । न्यूनतम रु १००/– बाट खाता खोल्न सकिने यस निक्षेप योजना अन्तर्गत निक्षेपकर्ताहरुले बचत खातामा नै बार्षिक ६ प्रतिशतको आकर्षक ब्याज प्राप्त गर्न सक्ने छन् । धितो पत्र बोर्डबाट आस्बा प्रणाली (Application Supported By Blocked Amount) को अनुमति प्राप्त गरेको यती डेभलपमेण्ट बैंकले विभिन्न कम्पनीहरुको शेयर फारम भर्न ग्राहकहरुलाई न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकमको उच्चतम् प्रतिफल दिने अभिप्रायले यस प्रकारको खाता संचालनमा ल्याएको छ ।

देशभर २५ वटा शाखाहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी प्रधान कार्यालय दरवारमार्गबाट साँझ ७ बजे सम्ममको सन्ध्याकालीन काउन्टर र शनिवार तथा अन्य सार्वजनिक बिदाका दिनहरुमा दिउँसो १२ बजेदेखि २ बजे सम्मको होली डे काउन्टर संचालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *