यती र महालक्ष्मीलाई मर्जरका लागि स्वीकृति

Post Date : April 3, 2017 | 11:53 am

काठमाडौँ, २१ चैत । नेपाल राष्ट्र बैंकले यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकलाई एकआपसमा गाभिनका लागि सैद्धान्तिक सहमति दिएको छ ।

दुवै विकास बैंक गाभिएपछि चुक्ता पूँजी २ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै निक्षेप संकलन २३ अर्ब ८४ करोड र कर्जा लगानी १९ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ भने शाखा संख्या ६५ पुग्नेछ ।

मर्जर सम्झौता बमोजिम हालक्ष्मी विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार शुरु गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *