यसै आर्थिक वर्षमा सिद्धार्थ डेभलपमेन्ट बैंक जनता बैंकमा गाभिने

Post Date : March 6, 2017 | 1:11 pm

काठमाडौँ, २३ फागुन । जनता बैंक नेपाल लिमिटेडमा सिद्धार्थ डेभलपमेन्ट बैंक गाभिने भएको छ । गाभिने सम्बन्धमा सम्झौता भइसकेको छ । स्वाप रेसियो भने १ बराबर १ शेयरको आधारमा हुने तय भएको छ । तर सिद्धार्थ डेभलपमेन्ट बैंकको ग्रोथरेट बढी भएमा १ बराबर १ शेयर स्वाप रेसियोमा बढ्न सक्ने समेत सहमति भएको छ ।

सिद्धार्थ बैंकको हाल चुक्ता पूँजी १ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ छ । बैंकले ६० प्रतिशत हकप्रद शेयरको अनुमतिको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २ अर्ब २७ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

राष्ट्रिय स्तरको सिद्धार्थ डेभलपमेन्ट बैंकलाई २०७४ असार मसान्तसम्म राष्ट्र बैंकको निर्देशन बमोजिम पनि २ अर्ब ५० करोड रुपैयाँ पुरयाउन पनि खासै गाह्रो नभएकोमा एकाएक कसरी यो सम्झौता भएको हो भन्ने बारे बैंकमा कर्मचारी नै अचम्म परेका छन् ।

सिद्धार्थ डेभलपमेन्ट बैंकका कर्मचारीका अनुसार एक–दुईवटा कारण हुन सक्ने बताउँछन् । एउटा त सिद्धार्थ बैंकसँग नाम मिल्ने भएकोले राष्ट्र बैंकको दबाब थेग्न गाह्रो भएर हुन सक्ने र अर्को बैंकका संस्थापक (लगानीकर्ता) को इच्छा वाणिज्य बैंक बन्न चाहने भएर पनि हुन सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *