यातायात व्यवस्था कार्यालयमा ग्लोबल आइएमई बैंकले राजश्व संकलन गर्ने

Post Date : March 4, 2017 | 9:35 am

काठमाडौँ, २१ फागुन । ग्लोबल आइएमई बैंकले यातायात व्यवस्था कार्यालय सतुंगलको राजश्व संकलन शुरु गरेको छ । बैंकले यातायात व्यवस्थाको संतुगल कार्यालय परिसरमा आफ्नो कार्यालय खोली मोटरसाइकलको राजश्व संकलन शुरु गरेको हो ।

यसअघि बैंकले यातायत व्यवस्था कार्यालयको पोखरा, इटहरी र बीरगञ्जमा राजश्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले राजधानीमा परराष्ट्र मन्त्रालय (राहदानी विभाग), महानगरीय ट्राफिक प्रहरी प्रभाग (रामशाहपथ), त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर), अध्यागमन विभाग (पिपागोश्वारा), उद्योग विभाग परिसरमा राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको हाल ९४ वटा शाखा, १०६ वटा एटिएम काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर, ११ वटा राजश्व संकलन काउण्टर र ४४ वटा शाखारहित बैंकिङ सेवा मार्फत ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *