यार्सागुम्बा सङ्कलन न्यून

Post Date : July 5, 2016 | 3:11 pm

म्याग्दी, २१ असार । यस वर्ष गत वर्षको तुलनामा जिल्लामा यार्सागुम्बा सङ्कलनमा कमी आएको छ ।

चालु आवमा दुई किलो यार्साको सङ्कलन पुर्जी जारी भएको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक २६ किलो यार्सा उत्पादन हुने सम्भावना रहेको छ । अहिलेसम्म यार्सा निकासीका लागि कसैले पनि छुटपुर्जी नलिएको सहायक जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले जानकारी दिनुभयो ।

जिल्लाका गुर्जा, मुदी, लुलाङ, मल्कबाङ, कुइनेमङ्गले, चिमखोला, दानालगायत गाविसको हिमाली भेगमा यार्सा सङ्कलन हुन्छ । सङ्कलन न्यून भएसँगै राजस्वमा समेत कमी आएको छ । यस वर्ष यार्सा सङ्कलन पुर्जीबाट रु ५० हजार राजस्व सङ्कलन भएको छ । आव २०७०÷७१ मा २३ किलो तथा आव २०७१÷७२ मा १२ किलो २५ ग्राम यार्साको राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *