युनाइटेड फाइनान्स लिमिटेडको २० प्रतिशत हकप्रद शेयर निष्काशन

Post Date : April 17, 2017 | 6:10 pm

काठमाडौँ, ४ वैशाख । युनाइटेड फाइनान्स लिमिटेडले २० प्रतिशत (५ः१ को अनुपात) हकप्रद शेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले रु.१००।– दरको १३ लाख ४५ हजार ४ सय १० दशमलब ९५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठ र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *