युनाइटेड मोदीको साधारण सेयर आउँदै

Post Date : February 9, 2017 | 5:08 pm

काठमाडौँ, २७ माघ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो । यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको हो ।

आयोजनाले आयोजना प्रभावितलाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाइसकेको छ । १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धकको सेयर हुने छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ । सर्वसाधारण र स्थानीय बासिन्दालाई गरी कुल रु २८ करोड बराबरको २८ लाख कित्ता सेयर निष्कासन हुनेछ । हाल सो कम्पनीले १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सञ्चालन गरिरहेको छ भने १० मेगावाट क्षमताको तल्लो मोदी २ निर्माणको तयारी गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *