युनाइटेड मोदी हाइड्रोपावरको आइपिओ फागुन १९ गतेदेखि

Post Date : February 17, 2017 | 2:59 pm

काठमाडौँ, ६ फागुन । युनाइटेड मोदी हाइड्रोपावरले आफ्नो जारी पूँजीको १५ प्रतिशत बराबरको १७ लाख २५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन यही फागुन १९ गतेदेखि गर्ने भएको छ । जसमध्ये ८६ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि र ३४ हजार ५ सय कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *