युनियन फाइनान्सको चार आर्थिक वर्षका साधारण सभा सम्पन्न

Post Date : April 12, 2017 | 5:18 pm

काठमाडौँ, ३० चैत । युनियन फाइनान्स लिमिटेडले चार आर्थिक वर्षका साधारण सभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२ र २०७२/७३ को साधारण सभा युनियन फाइनान्सका अध्यक्ष भक्तबहादुर मल्लको अध्यक्षतामा सम्पन्न गरेको हो ।

गत आ.व. २०७२/७३ को असार मसान्तसम्म ९४ करोड ११ लाख ८७ हजार ४ सय ४७ रुपैयाँ निक्षेप संकलन र ६३ करोड ८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने चुक्ता पूँजी १७ करोड ६५ लाख ८५ हजार ४ सय रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *