युरोप जानेक्रममा दुई महिनामा ३६६ जनाको मृत्यु

Post Date : February 25, 2017 | 7:08 pm

संयुक्त राष्ट्रसङ्घ, १४ फागुन । सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जानेक्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष यसरी यात्रा गर्दा मृत्यु हुनेहरुको संख्या घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सङ्घका अनुसार अघिल्लो वर्ष यस अवधिमा ४२५ जनाको मृत्यु भएको थियो ।

अन्तरर्रष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)का अनुसार यही फेब्रुअरी २२ सम्ममा यस वर्ष समुन्द्रीबाटो हुँदै युरोप जाने आप्रवासीको संख्या गत वर्षको भन्दा १३ हजार ९२४ कम रहेको छ । गत वर्ष एक लाख पाँच हजार ४२७ जना यस अवधिमा युरोप गएका थिए ।

यो तथ्याङ्कमा गत आइतबार लिवियाको राजधानी ट्रिपोली नजिकै रहेको अज जावियाहमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका १३३ जनालाई समेत समेटिएको छ ।

आप्रवासी सङ्गठन श्रोतका अनुसार लुटेराहरुले जहाजको इन्जीन चोरेर यात्रुलाई अल्पत्र पारी तिनीहरुको उद्धारको लागि अधिकारी आउँदै गरेको गलत जानकारी दिएका थिए ।

आप्रवासी सङ्गठनका प्रवक्ता फ्लाभियो दि गियास्मोका अनुसार लुटेराहरुले गर्ने यस किसिमको चलाखी सामान्य धुत्र्याई मात्र नभई जघन्य हत्या नै हो । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *