“युरोमनी अवार्ड फर एक्सिलेन्सी २०१६” स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई

Post Date : July 17, 2016 | 3:52 pm

काठमाडौं, २ साउन । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले “युरोमनी अवार्ड फर एक्सिलेन्सी २०१६” अवार्ड पाएको छ । सो अवार्ड सन् १९६९ देखि प्रकाशित हुँदै आएको वित्त सम्बन्धी प्रतिष्ठित म्यागेजिन युरोमनीले प्रदान गरेको हो । बैंकले लगातार दोस्रो पटक उक्त पुरस्कार जितेको छ । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, इन्नोभेसन र विज्ञताका लागि सो अवार्ड प्रदान गरिएको हो । बैंकले गतवर्ष युरोमनी अवार्ड फर एक्सिलेन्सी, बैंक अफ द इयर र वल्र्डस् बेष्ट इमर्जिङ मार्केट बैंक अवार्ड पनि पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *