यू.के. एड सक्षम र सानिमा बैंकको साझेदारी

Post Date : September 29, 2016 | 3:34 pm

काठमाडौं, १३ असोज । सानिमा बैंक लिमिटेड र यू.के. एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले नेपालमा मध्य र सुदूर–पश्चिमका १३ जिल्लाहरूमा विपन्न वर्ग कर्जा प्रवाह सबल बनाउनका लागि साझेदारी गरेका छन् । उक्त साझेदारीमा सानिमा बैंकका तर्फबाट सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र यु.के.एड सक्षमका तर्फबाट टिम लिडर बलजित बोहराले हस्ताक्षर गरेका छन् । हाल यो क्षेत्रमा बढ्दै गएको विपन्न कर्जाहरु जस्तै कृषि कर्जा तथा साना तथा मझौला कर्जा समेट्नका लागि कालिकोट जिल्लामा सानिमा बैंकको नया शाखा सञ्चालन गरिने बैंकले जनाएको छ । यस कार्यक्रम अन्तर्गत लक्षित जिल्लाहरु झापा, धादिङ्ग, चितवन, सुनसरी, बाँके, संखुवासभा, रुपन्देही, मकवानपुर, कैलाली, दाङ, सुर्खेत, कञ्चनपुर र कालिकोट हुन् ।

कालिकोटमा प्रस्तावित उक्त शाखाले बैंकको निक्षेप सकंलन तथा कर्जा प्रदान गर्ने सुविधा लगायत अन्य थप बैंकिङ्ग सेवाहरु ग्रामिण भेग सम्म पुरयाउने योजना रहेको छ । बैंकले उपरोक्त जिल्लाहरुका शाखाहरुबाट विपन्न वर्गमा समर्पित भएर काम गर्न आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ ।

सानिमा बैंक स्थापनाकाल देखि नै बिपन्न वर्ग कर्जामा लगानी गर्दै आएको र आगामी दिनमा समेत उक्त क्षेत्रमा लगानी बढाउँदै जाने योजना रहेको सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बताए ।

अन्य बैंक तथा वित्तीय संस्थाबाट वित्तीय सेवा परिपूर्ति नभएका समूह/समाजलाई सानिमा बैंकको माध्यमबाट सेवा प्रदान गर्न सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास यू.के. एड सक्षमका टिम लिडर बलजित बोहराले ब्यक्त गरे ।

नेपाल राष्ट्र बैंक लघुवित्त विकास सुपरिवेक्षण विभागका निमित्त प्रमुख बलराम पराजुलीले विपन्न वर्गलाई आर्थिक रुपले सवल बनाउने कार्य सुपरिवेक्षण संस्थाको मात्र नभएर समग्र वित्तीय क्षेत्रको सरोकारको विषय भएको बताए साथै वित्तीय क्षेत्र सुधार गर्न गरिएको नया पहललाई नेपाल राष्ट्र बैंकको सँधै सहयोग रहने र नया पहलले लक्षित जिल्लाको ग्रामीण समुदायको आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको कुरा पनि उल्लेख गरे ।

सक्षम यू.के.एडद्वारा फन्डेड वित्तीय कार्यक्रम हो । यो लुइस वर्जरद्वारा DFID नेपाल स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा लागू गरिएको कार्यक्रम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *