यो साता नेप्से परिसूचक घटेर १५३४.०३ अंकमा पुग्यो

Post Date : November 25, 2016 | 4:43 pm

काठमाडौँ, १० मङ्सिर । यस साता नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३१३३६ कारोबारबाट पाँच अर्ब सात करोड सात लाख रुपैयाँ ६६ हजार बराबरका ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ०.९ प्रतिशत बढी हो । गत साता १५३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २४११९ कारोबारबाट पाँच अर्ब दुई करोड ५४ लाख रुपैयाँ बराबरका ५२ लाख ८७ हजार एक सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६५.५९ अंकले घटेर अन्तिम दिन १५३४.०३ अंकमा पुगेको छ ।

यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव यस प्रकार रहेको छ ।

तालिका: १ साताका सूचकांकहरु

समूह ५ मंसिर ६ मंसिर ७ मंसिर ८ मंसिर ९ मंसिर परिवर्तन
वाणिज्य बैंंक १४९१.७३ १४९९.३७ १४७७.०२ १४३९.५५ १४४२.०९ -४९.६४
विकास बैंंक १६८१.४४ १६६७.८ १६४३.१७ १६०१.३७ १५८२.४४ -९९
वित्त ७६६.७३ ७७८.९ ७६५.१२ ७५१.२५ ७५२.५३ -१४.२
होटल २१३०.५८ २१५२.९९ २०८६.६४ १९८३.७२ २०२५.५१ -१०५.०७
जलविद्युत २०२३.८९ २०२३.२४ १९८९.९९ १९७४.८२ १९५३.८ -७०.०९
बिमा ८२४०.५२ ८२२९.७९ ८१०५.६४ ७७४० ७४९३.०५ -७४७.४७
उत्पादनमूलक २२४१.८७ २२४१.८७ २२४१.८७ २२२९.१८ २२२८.२३ -१३.६४
व्यापार २०२.७९ २०३.९१ २०३.९१ २०३.९१ २०३.९१ १.१२
अन्य ७४२.९९ ७६३.२४ ७५३.४ ७३९.५२ ७५३.४ १०.४१
फ्लोट इन्डेक्स ११९.०४ ११९.३६ ११७.५२ ११४.३ ११३.७५ -५.२९
सेन्सेटिभ इन्डेक्स ३४५.३५ ३४६.९७ ३४१.६९ ३३२.३५ ३३१.१७ -१४.१८
नेप्से इन्डेक्स १५९९.६२ १६०६.२९ १५८२.४७ १५४०.०१ १५३४.०३ -६५.५९

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १४.१८ अंकले घटेर ३३१.१७ अंकमा आईपुगेको छ ।यस साता कारोबार रकम (७१ करोड १५ लाख ८० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ६० हजार कित्ता) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१९५९ वटा) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

तालिका: २, कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु:

क्र.सं. कम्पनीको नाम कारोबार रकम (रु. दसलाखमा)
एभरेस्ट बैंक लि. ७११.५८
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ३८४.८
शिखर इन्स्योरेन्स कम्पनी लि. २२२.७१
बैंक अफ काठमाण्डौं लुम्विनी लि. २२१.५४
सिद्धार्थ बैंक लि. १८०.६८

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

सूचीकरण

यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ ।

सि.नं. कम्पनीको नाम सूचिकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र संख्या
भार्गव विकास बैंक लि. वोनस २००००० कित्ता
मातृभूमी विकास बैंक लि. वोनस ७२६०० कित्ता
ओरियण्टल होटल्स् लि. वोनस १३१९५४२.९२ कित्ता
एन. बी. इन्स्योरेन्स कम्पनी लि. हकप्रद १२००००० कित्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *