यो साता शेयरबजार १६ अङ्कले वृद्धि

Post Date : March 4, 2017 | 12:11 pm

काठमाडौँ, २१ फागुन । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ ।

गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार सात सय ३४ कारोबारबाट रु एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार बराबरका ३३ लाख २० हजार पाँच सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ४४ दशमलव २ प्रतिशत कम हो । गत साता एक सय ६१ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २८ हजार ६८ कारोबारबाट रु दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार बराबरका ६२ लाख ३४ हजार तीन सय ५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अङ्कले बढेर २८८ दशमलव ७८ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकम (रु २१ करोड नौ लाख ४० हजार) को आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या (रु चार लाख नौ हजार कित्ता) तथा कारोबार सङ्ख्या (दुई हजार तीन सय ६० वटा)का आधारमा पनि कुमारी बैंक लिमिटेड नै अग्रस्थानमा छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *