यो साता सेयरबजार १४०० विन्दुबाट १६०० मा पुग्यो

Post Date : December 2, 2016 | 4:39 pm

काठमाडौँ, १७ मङ्सिर । यस साता नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३७४३६ कारोबारबाट पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार रुपैयाँ बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १५.०२ प्रतिशत बढी हो । गत साता १५२ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३१३३६ कारोबारबाट पाँच अर्ब सात करोड सात लाख ६६ हजार रुपैयाँ बराबरका ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १३१.०१ अंकले बढेर अन्तिम दिन १६००.४९ अंकमा पुगेको छ ।

यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव यस प्रकार रहेको छ ।

तालिका: १ साताका सूचकांकहरु

समूह १२ मंसिर १३ मंसिर १४ मंसिर १५ मंसिर १६ मंसिर परिवर्तन
वाणिज्य बैंंक १३८९.५५ १४४०.३४ १४८२.७ १५४१.४४ १५३०.७३ १४१.१८
विकास बैंंक १५१६.६७ १५४१.२४ १५८३.२५ १६४१.१३ १६५०.४२ १३३.७५
वित्त ७२५.८३ ७३९.२९ ७४७.८४ ७७१.०५ ७६६.०२ ४०.१९
होटल १८७९.४७ १९५५.२१ १९५९.१९ १९५९.१९ १९२१.५८ ४२.११
जलविद्युत १८४९.५१ १८९५.२८ १९९९.७ २०४९.५४ २००६.९ १५७.३९
बिमा ६९३०.११ ७०६५.०१ ७४१३.१३ ७७३९.२२ ७७०२.३३ ७७२.२२
उत्पादनमूलक २२२८.२३ २२१६.०९ २१९४.८१ २१९४.८१ २१९८.३ -२९.९३
व्यापार २०३.९१ २०३.९१ २०३.९१ २०३.९१ २०३.९१
अन्य ७३४.३२ ७४२.९९ ७४४.७३ ७५१.०९ ७५३.१२ १८.८
फ्लोट इन्डेक्स १०८.९३ ११२.३ ११५.८३ १२०.०९ ११९.५१ १०.५८
सेन्सेटिभ इन्डेक्स ३१६.८५ ३२६.१४ ३३५.९८ ३४८.३२ ३४६.४४ २९.५९
नेप्से इन्डेक्स १४६९.४८ १५१०.१६ १५५३.६८ १६०८.३३ १६००.४९ १३१.०१

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २९.५९ अंकले बढेर ३४६.४४ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (७२ करोड १० लाख ६० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ३७ हजार कित्ता) को आधारमा बैंक अफ काठमाण्डौं लुम्विनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (२१२२ वटा) को आधारमा पनि बैंक अफ काठमाण्डौं लुम्विनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

तालिका: २, कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु:

क्र.सं. कम्पनीको नाम कारोबार रकम (रु. दसलाखमा)
एभरेस्ट बैंक लि. ७२१.०६
शिखर इन्स्योरेन्स कम्पनी लि. ३२६.५९
बैंक अफ काठमाण्डौं लुम्विनी लि. २८०.४३
सिद्धार्थ बैंक लि. २४१.८४
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. १९०.६१

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

सूचीकरण

यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ ।

सि.नं. कम्पनीको नाम सूचिकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र संख्या
कसमस डेभलपमेन्ट बैंक लि. हकप्रद ५०३१२५ कित्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *