रजनीकान्तको “कबाली” फिल्मले बलिउड बक्स अफिसका सबै रेकर्ड तोड्यो

Post Date : July 25, 2016 | 6:43 pm

काठमाडौं, १० साउन । दक्षिण भारतका सुपरस्टार रजनीकान्त (खास नाम शिवाजी राव गायकवाड) अभिनित पछिल्लो फिल्म “कबाली” प्रदर्शनमा आएको छ । रजनीकान्तलाई दक्षिण भारतमा जिउँदो भगवान मान्नेको कमी छैन । उनको फिल्म रिलिज हुँदा फोटोमा दुध नै चढाइन्छ । उनको फिल्म हेर्न दर्शकहरू एक साताभरी नै टिकट बुक गर्ने गर्छन् भने केही दर्शकहरू आधारातमै टिकटको लागि लाईन लाग्ने गर्छन् ।

अमेरिकामा समेत “कबाली” को प्रि–बुकिङको दुई घण्टा मै सबै टिकट बिक्री भइसकको बताइएको छ ।

रजनीकान्तको “कबाली” फिल्मले बलिउडको बक्स अफिसका सबै रेकर्ड तोडेको निर्माता कलाइपुली एस थानुको दाबी छ । निर्माताका अनुसार “कबाली” फिल्म रिलिज भएकै दिन २५० करोड भारतीय रुपैया कमायो । भारत बाहेक ओभरसिजमा पनि पहिलो दिन १०० करोड भारतीय रुपैया कमाई गरेको छ ।

यसअघि सलमान खान अभिनित “सुल्तान” ले पहिलो दिनमा ३६.५ करोड भारतीय रुपैया कमाएको थियो ।

“कवाली” मा रजनीकान्तको साथै राधिका अप्टे, पा रन्जीथ आदि कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *