रत्नराज्य उमाविमा निःशुल्क पिउने पानीको व्यवस्था

Post Date : July 1, 2016 | 12:45 pm

काठमाडौं, १७ असार । एभरेष्ट बैंकले काठमाडौंको पुरानो बानेश्वरस्थित रत्नराज्य उच्च माध्यमिक विद्यालयमा निःशुल्क पिउने पानीको व्यवस्था गराएको छ ।

५० वर्ष पहिले स्थापना भएको यस विद्यालयमा २१०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा टेनप्लस टु कक्षा पनि संचालन भइरहेको छ ।

बैंकले सामाजिक दायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा सहयोग गर्दै आएको छ । बैंकले आफ्ना ६१ वटा शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, २४ वटा राजस्व संकलन काउण्टर र ८५ वटा एटिएम तथा वृहत वाह्य संजालमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको जारी प्रेस विज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *