राजनैतिक दल र उम्मेदवारले बैंक खाता खोल्नु पर्ने

Post Date : March 6, 2017 | 11:59 am

काठमाडौँ, २३ फागुन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि बनाएको निर्वाचन आचारसंहिता पहिलो संशोधन २०७३ को दफा ५ (ग) ले राजनैतिक दल वा उम्मेदवारले निर्वाचन प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्नु पर्ने व्यवस्था गरेको छ ।

यसरी खोलिएको खातामा राजनैतिक दलको हकमा दलको विधान बमोजिम र उम्मेदवारको हकमा आफै वा निजको प्रतिनिधिद्वारा खर्च गर्नु पर्ने आचारसंहितामा रहेको छ । राजनैतिक दलले ५ हजार रुपैयाँभन्दा बढी चन्दा लिंदा बैंक तथा वित्तीय संस्थामा जम्मा भएको हुनु पर्नेछ । कारोबार पारदर्शी हुनु पर्ने र सन्तोषजनक नभएमा बैंक खाताको विवरण र बिल भर्पाइको सक्कल पेश गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *