राजविराज महोत्सव बिहिबारदेखि

Post Date : November 23, 2016 | 4:40 pm

राजविराज, ८ मङ्सिर । सप्तरीको सदरमुकाम राजविराजमा विहिबारदेखि यहाँ राजविराज महोत्सव हुने भएको छ । कात्तिक २६ देखि मङ्सिर ६ गतेसम्म हुने भनिएको महोत्सव केही दिनअगाडि प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो ।

वैष्णवी कालीमन्दिर युवा समितिले आयोजना गर्न लागेको उक्त महोत्सवका लागि राजविराजस्थित राजरङ्गशालामा तीव्ररुपमा तयारी गरिएको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा कृषि प्रदर्शनी, अटोमोबाइल्स तथा आइटी, फुड स्टल, इलेक्ट्रोनिक्स, गार्मेन्टस, शैक्षिक सामग्री र पर्यटन तथा देश–विदेशका विभिन्न व्यापारिक स्टल राख्नुका साथै निःशुल्क स्वास्थ्य शिविर लगायतका स्टल रहनेछन् ।

महोत्सवमार्फत हुने आम्दानी वैष्णवीकाली मन्दिरको धर्मशाला र मण्डप बनाउने कार्यमा खर्च गरिने महोत्सव मेला समितिले जनाएको छ । मङ्सिर ९ गते बिहानदेखि सुरु हुने महोत्सव देखि मंसिर १९ गतेसम्म चल्ने बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *