राष्ट्रपतिद्वारा फेवाताल सरसफाइको शुभारम्भ

Post Date : September 29, 2016 | 4:39 pm

पोखरा, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आज फेवाताल सरसफाइ अभियानको शुभारम्भ गर्नुभयो ।

राष्ट्रपति भण्डारीले पोखरा उपमहानगरपालिकाद्वारा हल्लनचोकमा आयोजित कार्यक्रममा फेवातालबाट जलकुम्भी झार निकालेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउँदै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरा र फेवातालको सरसफाइमा सुरक्षा निकाय, नागरिक समाज, राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न सङ्घसंस्थाको सक्रिय सहभागिता रहँदै आएको जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जलकुम्झीका कारण कुरुप बन्दै गएको मुलुककै महत्वपूर्ण सम्पदा फेवातालको संरक्षणका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

पोखरा उपमहानगरपालिकाको पहलमा विभिन्न सङ्घसंस्थाको सहभागितामा प्रत्येक शुक्रबार फेवातालमा सरसफाइ कार्यक्रम गरिदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *