“राष्ट्रिय जोखिम व्यवस्थापन सम्मेलन–२०१६”

Post Date : May 5, 2016 | 10:38 am

नेपाल बैंकिङ्ग इन्स्टिच्युटले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँगको सहकार्यमा “राष्ट्रिय जोखिम व्यवस्थापन सम्मेलन–२०१६” को आयोजना गरेको छ ।

सम्मेलनको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नुभएको थियो । सम्मेलनमा गभर्नर डा. नेपालले जोखिम व्यवस्थापन आजको परिवर्तित बैंकिङ्ग परिवेशमा पुरातन बैंकिङ्गको दैनिक कार्य मात्र नभई समस्या समाधानको लागि सुरक्षाको दोस्रो तह भएको बताउनु भएको थियो ।

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्न महाप्रसाद अधिकारी, स्ट्यान्डर्ड चार्टर्ड बैंक, भारतमा संचालन जोखिम प्रमुखका रुपमा कार्यरत उदयभाष्कर भेमुरी तथा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले क्रेडिट जोखिम, संचालन जोखिम र बजार जोखिम विषयमा छुट्टा छुट्टै प्रस्तुति दिनु भएको थियो ।

नेशनल बैंकिङ्ग इन्स्टिच्युटका अध्यक्ष सोभनदेव पन्तले जोखिम व्यवस्थापन एकजनाले गर्ने नभई सबै मिलेर सम्भव हुने र जोखिम व्यवस्थापनका लागि “बटम टु टप आप्रोच” नभई “टप टु बटम आप्रोच” लिनु पर्ने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *