राष्ट्रिय बाणिज्य बैंकको खुद मुनाफा १ अर्ब २१ करोड ७७ लाख रुपैयाँ

Post Date : February 14, 2017 | 4:47 pm

काठमाडौँ, ३ फागुन । राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकमा १ खर्ब ३८ अर्ब २९ करोड ६६ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन र ९३ अर्ब ९० करोड ६० लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब २१ करोड ७७ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । बैंकको निष्कृय कर्जा २ दशमलब ७५ प्रतिशत गरेको छ ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा १ अर्ब २३ करोड ४९ लाख ४८ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *