राष्ट्रिय वाणिज्य बैंकको १७५ औँ शाखा सर्लाहीको बलरामा

Post Date : July 4, 2017 | 11:07 am

सर्लाही, २० असार । राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बलारा नगरपालिकामा १७५ औँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन सांसद डा. अमरेशकुमार सिंहले गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष डा. रवीन्द्रप्रसाद पाण्डेले सहरी, ग्रामीण र दुर्गम सबै स्थानमा बैंकको उपस्थितिले देशभरि वित्तीय समावेशीको माध्यमबाट वित्तीय पहुँच पुरयाउन सघाउ पुग्ने बताउनु भयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले नयाँ सम्भाव्य क्षेत्रमा शाखा स्थापना गरी दिगो आर्थिक विकासका लागि वित्तीय पहुँच विस्तार गरिने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *