राष्ट्रिय वाणिज्य बैंकद्वारा छात्रवृत्ति प्रदान

Post Date : February 18, 2017 | 12:33 pm

काठमाडौँ, ७ फागुन । राष्ट्रिय वाणिज्य बैंकले लोपोन्मुख आदिवासी/जनजाति समुदायिका विद्यार्थीको उच्च शिक्षामा टेवा पुरयाउने उद्देश्यले स्थापना गरेको रा.वा.बैंक स्वर्ण जयन्ती छात्रवृत्ति एक समारोहबीच बैंक संचालक डा. रामदेव सिंहले प्रदान गर्नु भएको छ । बैंकले देशभरका विभिन्न कलेजमा अध्ययनरत लोपोन्मुख आदिवासी/जनजाति समुदायका ६ जना विद्यार्थीहरूलाई कक्षा ११ र १२ तथा स्नातक तह अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिएको हो ।

बैंकले कक्षा ११ र १२ अध्ययनको लागि धर्मराज पथ्थरकट (कुशवाडीया) लाई मासिक ३ हजार ५ सय रुपैयाँका दरले दुई वर्षसम्म छात्रवृत्ति प्रदान गरेको छ भने मासिक ५ हजार रुपैयाँको दरले ३ वर्षसम्म स्नातक अध्ययन गर्नको लागि कृष्णगोपाल हायु, प्रविन्द्र राजी, विपुल मेचे चौधरी, मेनुका हायु र राजाराम राजीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *