राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच एबीबीएस सम्झौता

Post Date : July 16, 2016 | 11:08 am

काठमाडौं, १ साउन । राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच केन्द्रीय खातामा एबीबीएसमार्फत सिधै रकम जम्मा हुने सम्झौता भएको छ ।

बैंकका सबै शाखा कार्यालयबाट एबीबीएसमार्फत रकम संकलन तथा रकमान्तरको कामलाई अझ बढी सरल र सुविधायुक्त बनाउने उद्देश्यले दुवैबीच यो सम्झौता भएको हो ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

यसबाट कोष र बैंकको रिकन्सीलेसन तथा हिसाब मिलान कार्यमा सहज हुने जनाएको छ । कोषले यसअघि २०७३ असार १ मा नेपाल बैंकसँग पनि सम्झौता गरी सो सम्बन्धी कार्य कार्यान्वन आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *