राष्ट्रिय वाणिज्य बैंक र नेपाल सर्टिफाइड कम्पनीबीच सम्झौता

Post Date : June 29, 2016 | 1:44 pm

काठमाडौं, १५ असार । राष्ट्रिय वाणिज्य बैंक र नेपाल सर्टिफाइड कम्पनीबीच डिजिटल सिग्नेचर तथा सर्टिफिकेट प्रदान गर्ने बारे सम्झौता भएको छ । बैंकभित्र हुने विद्युतीय प्रणाली मार्फत गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्यूनिकरण गर्दै सूचना प्रणाली र अनलाइन कारोवारलाई थप सुरक्षितका साथै विश्वसनीय बनाउने उद्देश्यले उक्त सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल सर्टिफाइड कम्पनीका तर्फबाट अध्यक्ष विप्लवमान सिंहले हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *