राष्ट्रिय सोतोकान कराँते

Post Date : May 10, 2016 | 6:10 pm

काठमाडौँ, २८ वैशाख । सोतोकान कराँते ‘डो’ सङ्घ नेपाल भक्तपुरको आयोजनामा आगामी जेठ १ गते दोस्रो अनन्तलिङ्गेश्वर राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता हुने भएको छ ।

सङ्घद्वारा आज जारी प्रेस विज्ञप्तिमा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, तनहुँ, कास्की, झापा, सुनसरी लगायत २२ जिल्लाबाट करिब २१४ खेलाडीको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगितामा २० स्वर्ण, २० रजत र ४० कास्यपदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा स्वर्ण र रजत जित्ने खेलाडीले क्रमशः ट्रफी सहित रु पाँच हजार र २५ सय प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट घोषित हुने महिला तथा पुरुष खेलाडीले ट्रफी सहित जनही रु दुई हजार प्राप्त गर्ने आयोजकको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *