राष्ट्र बैंकले फेवा र गण्डकीलाई मर्जरको अन्तिम स्वीकृति दियो

Post Date : June 11, 2017 | 11:05 am

काठमाडौँ, २८ जेठ । नेपाल राष्ट्र बैंकले फेवा विकास बैंक र गण्डकी विकास बैंकलाई एकआपसमा गाभिनको लागि अन्तिम स्वीकृति दिएको छ ।

फेवा विकास बैंकको हाल चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ छ भने गण्डकी विकास बैंकको चुक्ता पूँजी ६४ करोड ३९ लाख रुपैयाँ छ । एकआपसमा गाभिएपछि बन्ने बैंकको चुक्ता पूँजी १ अर्ब ८४ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुरयाउनु पर्ने नीति बमोजिम दुवै बैंकले तोकेको चुक्ता पूँजी पुरयाउन २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिसकेका छन् । नपुग रकम चालु आर्थिक वर्षको मुनाफाबाट पुरयाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *