राष्ट्र बैंक र बंगलादेश बैंकबीच सम्झौता

Post Date : October 4, 2016 | 1:17 pm

काठमाडौं, १८ असोज । नेपाल राष्ट्र बैंक र बंगलादेशको केन्द्रीय बैंक, बंगालादेश बैंकबीच सुपरिवेक्षकीय सूचना आदान–प्रदान गर्ने तथा बैंक सुपरीवेक्षणका क्षेत्रमा सम्बन्ध सुधार र सहयोग विस्तार गर्ने सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको उपस्थितिमा बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल र बंगलादेश बैंकका कार्यकारी निर्देशक मोहम्मद सैफुल इस्लामले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि आ–आफ्नो सुपरीवेक्षण क्षेत्राधिकारभित्र पर्ने वाणिज्य बैंक र वित्तीय संस्थाको सुपरीवेक्षण गर्नका लागि सम्बन्धित विदेशी सुपरीवेक्षण अधिकारीसँग पारस्परिकताका आधारमा सहयोग हुने जनाइएको छ ।

यस्तै सुपरीवेक्षकीय जानकारी तथा सूचना आनदान–प्रदान अन्य मुलुकहरूसँग गर्दै जाने नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डिया र चीनको चाइना बैंकिङ रेगुलेटरी कमिसनसँग पनि नेपाल राष्ट्र बैंकले सम्झौता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *