राष्ट्र बैंक ६१ औं वर्षमा प्रवेश

Post Date : April 26, 2016 | 5:40 pm

आजदेखि नेपाल राष्ट्र बैंक ६१ औं वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०१२ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल बैशाख १४ गते भएको थियो ।

नेपालको मौद्रिक नीति तर्जुमा गर्दै वित्तीय व्यवस्थापन गर्न सरकारको आर्थिक सल्लाहकारको भूमिका निर्वाह नेपाल राष्ट्र बैंकले गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०१२ संशोधन गरी २०५८ लागू भएपछि त्यसमा बैंकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चितता गरिएको छ ।

बैंकिङ तथा वित्तीय क्षेत्रको स्वामित्व र तरलतालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले सुरक्षित, सक्षम तथा स्वस्थ भुक्तानी प्रणालीको विकास गर्नु पनि यसको उद्देश्य रहेको छ । बैंकिङ क्षेत्रको वित्तीय प्रणालीको नियमन तथा सुपरिवेक्षण गर्ने उद्देश्य लिएको राष्ट्र बैंकले नेपालको समग्र बैंकिङ क्षेत्रको सम्बद्र्धन गरी सोप्रति आमजनताको विश्वसनीयता अभिवृद्धि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *