रिजर्व बैंक अफ इण्डियाले २ सय दरको नयाँ नोट ल्याउँदै

Post Date : June 30, 2017 | 12:22 pm

नयाँ दिल्ली (भारत), १६ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष नोभेम्बर ८ देखि १ हजार र ५ सय दरका पुरानो नोट बन्दको घोषणा गरेका थिए । जसअन्तर्गत ५ सय र २ हजार दरको नोट बजारमा ल्याइएको थियो ।

मानिसहरूलाई पर्न गएको असुविधालाई ध्यान दिँदै २ सयको नोट बजारमा ल्याउनको लागि छपाइ शुरु भइरहेको रिजर्भ बैंक अफ इण्डियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *