रियलस्टेटमा जाने कर्जामा कडाइ गर्न सुझाव

Post Date : June 19, 2016 | 4:52 pm

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसियसनले मौद्रिक नीतिमार्फत रियलस्टेटमा जाने कर्जामा कडाइ गर्न सुझाव दिएको छ । देशभर घरजग्गाको मूल्य अत्यधिक बढेको कारण जोखिम बढेकोले यसलाई नियन्त्रण गर्न सुझाव दिएको हो ।

नेपाल राष्ट्र बैंकको बैशाखसम्मको तथ्याङ्क अनुसार कुल कर्जाको १५ प्रतिशत रकम रियलस्टेटमा गएको छ । डेभलपमेन्ट बैंकर्स एसोसियसनले आठ बुँदे सुझाव राष्ट्र बैंकलाई दिएको छ । घरजग्गा खरिद तथा निर्माणका लागि दिने १० लाख रुपैयासम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको छ । त्यस्तै १० लाख रुपैया सम्मको कृषि कर्जालाई विपन्न वर्गमा राख्न पाउने माग छ ।

प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता र सुविधामा संचालक समितिबाटै निर्णय गर्नुपर्ने सुझाव पनि एसोसियसनले राष्ट्र बैंकलाई दिएको छ ।

एसोसियसन गैह्र बैंकिङ्ग सम्पत्तिलाई बैंकको सहयोग प्रयोगमा ल्याउन राज्यको तर्फबाट आवश्यक प्रशासनिक सहयोग सहज रुपमा प्रदान गर्नु पर्ने र भूकम्पबाट अत्यधिक प्रभावित जिल्लामा अवस्थित “ख” वर्गका वित्तीय संस्थाहरूमा भएको क्षतिका आधारमा सुविधा दिइनु पर्ने जस्ता माग पनि राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *