रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनस शेयर पारित गर्ने

Post Date : January 11, 2017 | 3:14 pm

काठमाडौँ, २७ पुस । रिलायन्स फाइनान्स लिमिटेडको ७ औँ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

साथै सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय समेत गरेको छ । गत आर्थिक वर्ष २०७२।७३ मा ८ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सले पुस २६ गतेसम्म २ अर्ब ५८ करोड ३५ लाख निक्षेप संकलन र २ अर्ब ४१ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल चुक्ता पूँजी ४४ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *